Monday, March 30, 2026

क देखि म सम्म


उच्चारण अनुसार क देखि म सम्मका बर्णहरुलाई ५ तह र ५ हारमा मिलाएर राखिन्छ।

नेपालीमा एउटै तह र हारका बर्णहरु साटफेर भएर नयाँ 
शब्द पनि बन्दछ।

ख/क
[खुर खुट्टा]/कुर्कुच्चा
खोप्नु/कोप्नु

च/ट
कचौरा/कटौरा

Monday, March 23, 2026

ब ब बाँ

ब ब बाँ, बुबु दे।

कसलाई?

नानीलाई।

केमा?

बटेमा। धेरै दे धेरै दे।

Sunday, March 22, 2026

बट्टामा बटुल्नु


बट्टा र कचौरा

पटुका

पट्का

पिरुका

पिर्का

बटुका

[बट्का]बट्टा





छोरी मकै भईंभरि छर्नी, म बट्टामा (बटुकामा) बटुल्नी। आज बिहानपुरीको हाम्रो काम।

'बटुल्नु', क्रियाको माउ 'बटुका' हो।

नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण अनुसारको शब्दार्थ -

बटुल्नुको तेस्रो अर्थ "थुप्य्राउनु" होइन "थुप्ऱ्याउनु" हुन्छ।

थप सामग्री -
    बटुलबाटुल
    बटे

Wednesday, March 4, 2026

हुस्सु


Gallup Park, Ann Arbor

हुस्सु

कुहिरो

तुवाँलो←[धुवाँलो]

बादल



Monday, January 12, 2026

'र'का किसिम




रमिता, भिर, रातो, भिरालो, रित्तो, भरी, रेखा, रुमाल, रैमट्ट, चटारो, भरौटे 



ऱ्याल, गऱ्यौं, पऱ्याछ (परेको छ) 
काँक्रो, घिच्रो, पुच्छ्रे, राष्ट्र, इन्द्रायणी, भित्र, भ्रम, हाम्रो, खस्रो, बाह्र


नेपाली ताम्रपत्र

Saturday, January 3, 2026

Proposed Symbol of Nepali Rupee





Design Rationale

The proposed symbol is derived from one of the two forms of “Ra” in the Devanagari script that can technically be used to write rupaiyan.

It also closely corresponds to the letter “Ra” in the Prachalit script, an indigenous and historically significant Nepalese writing system.

Visually, the symbol closely resembles the Devanagari “Na (न)”, as in the words Nepal (नेपाल) and Nepali (नेपाली).

The inclusion of horizontal strokes is a feature common to many international currency symbols, suggesting potential alignment with global monetary design practices.

The design prioritizes structural simplicity, enabling ease of reproduction in both digital and print media.

Further Readings:
  1. Suraj Sejuwal; Missing Symbol for Rupee. The Kathmandu Post, Aug. 13, 2025.
  2. Bhanu Kandel; Time of a Currency Symbol: Matter of National Identity. Jan. 01, 2020.

Tuesday, December 30, 2025

सरगम

[सा रे ग म]→सरगम


Staff notation created by ChatGpt

Monday, December 29, 2025

बाह्रसत्ताइस (१२-२७)


आजको दिनमा ज्योतिष शास्त्रलाई पूर्ण बिज्ञान मानिदैन। तर नेपाली समाजमा यो विज्ञानको रुपमा धेरै समयसम्म रहिरह्यो। त्यसैले त ज्ञान र चाख भएकाहरुको माँझमा, ज्योतिष शास्त्र चर्चा परिचर्चाको विषय बनेको देखिन्छ। तर सामान्य दैनिक जीवनमा यस शास्त्रको खासै प्रभाव नदेखिने हुनाले सर्वसाधारण मानिसहरुले यस्ता १२ राशी र २७ नछत्रका कुराहरुलाई अनावश्यक र अनउत्पादनशील गफका रुपमा बुझेको देखिन्छ।

नेपाली बृहत् शब्दकोश, दशौँ संस्करण अनुसारको शब्दार्थ -


सन्दर्भ सामग्री:
रामप्रसाद धिताल; बिर्सिइन लागेको वेदाङ्ग ज्योतिष। युवामञ्च

Tuesday, December 23, 2025

~चा

करकाप

कुनाकाप्चा

खोला

खोल्छा [खोल्चा?]

ताला

ताल्चा


Monday, December 22, 2025

जाँगर

[जाँघर]→जाँगर

'हात गोडा चलुन्जेल काम गर्छु। कसैको भरमा बाँच्दिन।' भन्छु तर कहिलेकाँही जाँगरै चल्दैन

'जाँगर' सँग 'चल्नु' क्रिया प्रयोग हुने भएकोले 'जाँगर'को माउ शब्द 'जाँघ' हो कि जस्तो लाग्छ मलाई । आखिर जाँघ अथवा तिघ्रा गोडाकै भाग हो र यसको पछाडी 'चल्नु' क्रिया आउनु स्वाभाविकनै हो ।

तर नेपाली बृहत् शब्दकोश यसो भन्छ -

Sunday, December 21, 2025

खेर भनेको बेला/समय


खेर
तपाईहरु कतिखेर आइपुग्नु हुन्छ? खाना पकाई राखौं की?


खेरि
घर आउँदाखेरि एक मुठा धनियाँ पनि किनेर ल्याउनु है?


आखिर [आखेर ?]
आखिर श्री कृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, नभो विवेक।


आखिरी [आखेरी ?]
बाँचुन्जेल यो मेरो त्यो तेरो भनेर झगडा गर्नु बेकार हो।
आखिरीमा मरेर लाने केही होइन।


भर्खर (भक्खर)
भाइ भर्खर घर आइपुग्यो।
तपाई एकै छिनले ढिला हुनुभयो। बुबा भर्खरै खेततिर निस्किनु भयो।

Saturday, November 15, 2025

'गट्टा' देखि 'टा' सम्म


गट्टा
हामी पिंढीमा दिदीहरुसँग गट्टा खेल्थ्यौँ।


गिट्टी
बालुवा, गिट्टी, र सिमेन्ट सहि मात्रामा मिलायो भने मात्र ढलान बलियो हुन्छ।


गोटा
अम्बा धेरै खायो भने दिसा गोटा जम्छ।


गोटी
चेसको गोटी जस्तै भयो जिन्दगी। अरुको इच्छा अनुसार चल्नुपर्ने।


वटा/वटी
पाँचवटा चल्लाहरु थिए। दुइटालाई चिलले लगिहाल्यो। अब तीनटा मात्र बाँकिछन्।
छोराको आश गरेर चारचारवटी छोरी पाए।


टा/टी
दुइटा हातमा लड्डु।
दुइटीको पोइ कुनाँ (कुनामा) बसी रोइ।

Monday, November 10, 2025

Saturday, July 26, 2025

'बाजी थाप्नु' र 'बाजी मार्नु'

'बाजी थाप्नु' र 'बाजी मार्नु' शब्दावलीहरु कतै सिकारीहरु बीच पासो थापेर बाज मार्ने होडबाट सुरु भएको त होइन ?

Sunday, July 13, 2025

शून्य कसरी सुन्ना भयो ?


छोरी आज मामाघर गई घरै सुन्ने भएको छ

Tuesday, May 13, 2025

Nepali is a Indo-European Language

नेपाली

English

कोण

corner

घाँस

grass

पथ

path

सितारा>तारा

star

स्रोत

source


My Opinion
The above list of Nepali and English words sounded similar to me and I hypothesize that they originate from same ancient language.

Saturday, May 3, 2025

The Earth is Round!


I took this panoramic picture while I was heading to my work on Wednesday Apr. 30, 2025 at 1:07 PM.
The contrail due to an airplane flying along the earth's curvature is curved and can be one of the proofs for round earth.

Saturday, February 8, 2025

भटमास/भटाँस

गाउँघरमा

गाउँघराँ

मुखमा

मुखाँ

माहिली मा

माहिल्याँ

भटमा

टाँ

भएको>भको>भा ठाउँमा

भाठाँ/भठाँ


Tuesday, January 28, 2025

'आल' माने घर

हिमाल

हिम + आल

महल

महा + आल

डँडाल्नो

दण्ड + आल + नो

मेरो विचार
हाम्रोमा कमसेकम धनीमानी मात्रै भएपनि एउटै छाप्रोमा बसेर पढ्ने पढाउने पुरानो चलन भएको भए 'विद्यालय' 'विद्याल' अथवा 'विद्याल्नो' हुन्थ्यो होला ।