Monday, December 22, 2025

जाँगर

[जाँघर]→जाँगर

'हात गोडा चलुन्जेल काम गर्छु। कसैको भरमा बाँच्दिन।' भन्छु तर कहिलेकाँही जाँगरै चल्दैन

'जाँगर' सँग 'चल्नु' क्रिया प्रयोग हुने भएकोले 'जाँगर'को माउ शब्द 'जाँघ' हो कि जस्तो लाग्छ मलाई । आखिर जाँघ अथवा तिघ्रा गोडाकै भाग हो र यसको पछाडी 'चल्नु' क्रिया आउनु स्वाभाविकनै हो ।

तर नेपाली बृहत् शब्दकोश यसो भन्छ -

Sunday, December 21, 2025

खेर भनेको बेला/समय


खेर
तपाईहरु कतिखेर आइपुग्नु हुन्छ? खाना पकाई राखौं की?


खेरि
घर आउँदाखेरि एक मुठा धनियाँ पनि किनेर ल्याउनु है?


आखिर [आखेर ?]
आखिर श्री कृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, नभो विवेक।


आखिरी [आखेरी ?]
बाँचुन्जेल यो मेरो त्यो तेरो भनेर झगडा गर्नु बेकार हो।
आखिरीमा मरेर लाने केही होइन।


भर्खर (भक्खर)
भाइ भर्खर घर आइपुग्यो।
तपाई एकै छिनले ढिला हुनुभयो। बुबा भर्खरै खेततिर निस्किनु भयो।

Saturday, November 15, 2025

'गट्टा' देखि 'टा' सम्म


गट्टा
हामी पिंढीमा दिदीहरुसँग गट्टा खेल्थ्यौँ।


गिट्टी
बालुवा, गिट्टी, र सिमेन्ट सहि मात्रामा मिलायो भने मात्र ढलान बलियो हुन्छ।


गोटा
अम्बा धेरै खायो भने दिसा गोटा जम्छ।


गोटी
चेसको गोटी जस्तै भयो जिन्दगी। अरुको इच्छा अनुसार चल्नुपर्ने।


वटा/वटी
पाँचवटा चल्लाहरु थिए। दुइटालाई चिलले लगिहाल्यो। अब तीनटा मात्र बाँकिछन्।
छोराको आश गरेर चारचारवटी छोरी पाए।


टा/टी
दुइटा हातमा लड्डु।
दुइटीको पोइ कुनाँ (कुनामा) बसी रोइ।

Monday, November 10, 2025

Saturday, July 26, 2025

'बाजी थाप्नु' र 'बाजी मार्नु'

'बाजी थाप्नु' र 'बाजी मार्नु' शब्दावलीहरु कतै सिकारीहरु बीच पासो थापेर बाज मार्ने होडबाट सुरु भएको त होइन ?

Sunday, July 13, 2025

शून्य कसरी सुन्ना भयो ?


छोरी आज मामाघर गई घरै सुन्ने भएको छ

Tuesday, May 13, 2025

Nepali is a Indo-European Language

नेपाली

English

कोण

corner

घाँस

grass

पथ

path

सितारा>तारा

star

स्रोत

source


My Opinion
The above list of Nepali and English words sounded similar to me and I hypothesize that they originate from same ancient language.

Saturday, May 3, 2025

The Earth is Round!


I took this panoramic picture while I was heading to my work on Wednesday Apr. 30, 2025 at 1:07 PM.
The contrail due to an airplane flying along the earth's curvature is curved and can be one of the proofs for round earth.

Saturday, February 8, 2025

भटमास/भटाँस

गाउँघरमा

गाउँघराँ

मुखमा

मुखाँ

माहिली मा

माहिल्याँ

भटमा

टाँ

भएको>भको>भा ठाउँमा

भाठाँ/भठाँ


Tuesday, January 28, 2025

'आल' माने घर

हिमाल

हिम + आल

महल

महा + आल

डँडाल्नो

दण्ड + आल + नो

मेरो विचार
हाम्रोमा कमसेकम धनीमानी मात्रै भएपनि एउटै छाप्रोमा बसेर पढ्ने पढाउने पुरानो चलन भएको भए 'विद्यालय' 'विद्याल' अथवा 'विद्याल्नो' हुन्थ्यो होला ।